
स्वस्थ सास, स्वस्थ जीवन — सहकार्यको नयाँ अध्याय
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल (PUTH) र I Can Breathe बीच समझदारीपत्र (MoU) हस्ताक्षर भएको जानकारी गराउँदै हामी गर्व महसुस गर्दछौं।

यस सहकार्यको उद्देश्य समुदायमा श्वासप्रश्वास स्वास्थ्य प्रवर्द्धन, जनचेतना अभिवृद्धि, र समग्र समुदायको स्वास्थ्य सुदृढीकरण गर्नु हो।
हामी विश्वास गर्छौं — जब हरेक व्यक्ति सजिलै सास फेर्न सक्छ, तब समुदाय साँच्चिकै स्वस्थ र सशक्त बन्छ।

